जापानमा रहेकी ज्वाला संग्रौला को बारे लेखे पत्रकार प्रेम बांनियाले मन छुने स्टाटस

अमेरिका बाट बरिस्ठ प्रत्रकार प्रेम बानियाँले जापान मा रहेकी ज्वाला संग्रौला लाई एकदमै राम्रो मन छुने स्टाटस लेखेका छन । जापान मा बस्दै आएकी ज्वाला संग्रौला हाल एति बेला सबै को मन छुने काम गरेकी छिन । जनगाएक जीवन शर्मा का छोरा को उपचार को लागि पैसा संकलन गरेकी छिन । एहि बिषय लाई लिएर चर्तित प्रत्रकार प्रेम बाँनिया ले ज्वाला संग्रौला को लागि आफ्नो फेसबुक मार्फत निकै नै मन छुने स्टाटस लेखेका छन । बरिस्ठ प्रत्रकार प्रेम बाँनिया ले लेखेको फेसबुक स्टाटस जस्ता को तेस्तै:-

‘प्रवासी इतिहास’ कै महान यात्रा प्रारम्भ: जय स्वाभिमान ज्वाला संग्रौला जी र टिम ! गर्व गर्दछु ! इतिहासमा यस्तो पनि भयो कि, स्वदेशमा छट्पइिरहेको एउटा स्रष्टालाई परेको संकट टार्न आज विश्वभर छरिएर रहेका परदेशिएका नेपालीहरुले आफ्नो पसिनाको भागवण्डा गरेर मद्दत गरे ! र, यसको नेतृत्व/संयोजन गरिन् यस समयको एक शक्तिशाली आवाज ज्वाला संग्रौलाले !! धेरै धेरै बधाई र आभार ज्वालाजी, यो चानचुने ‘मुभ्मेण्ट’ होइन ।

धेरै धेरै धन्यवाद र आभार सम्पूर्णमा जस्ले आफ्नो पसिनाको भागबण्डा गरेर राष्ट्रको एक खास कलाकारलाई मद्दत गर्नुभयो । यसको सन्देश अकल्पनीय विशाल छ साथीहरु, हामी जहाँ भएपनि देशको माटो र यसमा फुलेका फूलहरुलाई सम्मान र कदर गर्दछौं मात्र यसको सन्देश होइन यो त मातृभूमिप्रतिको विशाल संकल्प र अठोट हो ! मलाई थाहा छैन आजसम्मको इतिहासमा यसरी परदेशिएका मानिसहरुले संसारभरबाट एक साथ एउटा स्रष्टालाई मनखुशी सहयोग गरेको ।

यसको अर्थ धेरै कोणबाट धेरै तवरले विशाल र फराकिलो छ र यसको मत्लव हामी परदेशिएकाहरु अब परिवर्तनको ज्वाला नै बन्ने हिम्मत राख्दछौंसम्म छ ! सोच्नुस् त जसले जिन्दगीभरी दुःखी, गरिब, गाउँवस्ती, झुपडी अनि तल्लो वर्गका भूईंमान्छेहरुको गीत गाएको छ । सर्वहारा मुक्तिको ज्वालामुखिजस्तो भएर जसले सगोल जिन्दगी फटाएको छ ! सिमलीका छायाँहरुको गीत गाएर भरिया र दुःखीहरुको मुक्ति खोजिरहेको एउटा स्रष्टा चरम आर्थिक अभावका कारण आफ्नो सन्तानको

उपचार गर्न असमर्थ रहन्छ त्यस्तो वेला परदेशिएका सयौं मानिसहरु जुट्छन् र आफ्नो पसिनाको थोपा गनेर उसलाई सहयोग गर्दछन् !! यो कस्तो विशाल सत्य हो अनि यस्तो ‘मुभमेण्ट’ चलाउने ज्वाला संग्रौला कति धेरै धन्यवादको पात्र हुनुहुन्छ !!! साँच्चै, ज्वाला जी अनि टिम, यो दिन परदेशिएपछिको सवभन्दा खुशीको दिन हो मेरा लागि र म गर्व गर्दछु तपाईंहरुप्रति । जय स्वाभिमान !

प्रकाशित मिति November 5, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस