गाडीमा ज्यान गुमाउने उन्चालिस जनामध्ये १ युवतीको म्यासेजले विश्व चकित

एजेन्सी । बेलायतमा एउटा ट्रकभित्र मृत अवस्थामा भेटिएका उन्चालिस जना मा १ भियतनामी युवतीले मर्नु आफू ट्रकभित्र निसास्सिएको भन्दै आमालाई सन्देश पठाएकि छिन । रिपोर्टका अनुसार उनले सुख खोज्नको लागि आफ्नो विदेश यात्रा दर्दनाक तरिकाले अन्त्य हुन लागेको भन्दै आफ्नी मम्मी सँग माफी मागेकी छिन । मलाई माफ गरिदिनुस् आमा, मेरो विदेश यात्रा सफल हुन सकेन फाम थी ट्रा मीले मंगलबार बेलुका साढे १० बजे पठाएको म्यासेजमा उल्लेख भएको बेलायती मिडिया मिररले लेखेको छ ।

आमा म तपाइँ र बाबालाई धेरै माया गर्छु । म मर्दैछु किनकि मैले सास फेर्न सकिरहेकी छैन उनले लेखेकी छिन् । सुरुवाती अनुसन्धानमा अत्याधिक चिसो कन्टेनरमा मारिएका एकतिस पुरुष र आठ महिला सबै चिनियाँ नागरिक भएको मानिएको थियो तर उनीहरु अन्य देशका समेत भएको खुलेको हो । समाचार एजेन्सीहरुले मीलगायत अन्य तीनजनाको परिवारबारे जानकारी पाएको उल्लेख गरेका छन् ।

मीले मानव तस्करहरुलाई बेलायत पुग्न तिस हजार पाउन्ड तिरेको परिवारका सदस्यलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले लेखेका छन् । मीको अन्तिम मेसेज मंगलबार प्राप्त भएको थियो । बेल्जियमबाट प्रस्थान गरेपछि उनले मेसेज पठाएको र त्यसपछि कुनै जानकारी नआएपछि कन्टेनरमा मृत हुनसक्ने परिवारको आशंका छ । मीको यात्रा तिन अक्टोबरबाट शुरु भएको थियो । उनी चीन पुगेर त्यहाँबाट यूरोपतर्फ लागेकी थिइन् ।

यो पनि पढनुहोस । काठमाडौं सरकार विदेशबाट फर्कनेहरुले ल्याउने सामानमा कडाईका साथ कार्यान्वयनमा उत्रिएको छ । सोमबारमात्र सरकारले विदेशबाट फर्केका नेपालीहरुले बढी परिणाममा ल्याएको सामान बिक्रीका लागि सुचना निकालेको छ । जुन सरकारले जफत गरेको थियो । यसबाटै पुष्टि हुन्छ सरकारले कार्यान्वयनमा कडाइ गरेको छ । कतिपयलाई थाहा नभएका कारण पनि मनलाग्दी आफुखुसीका परिणामका सामान भित्रने पनि गरेको छ ।

धेरै समय अगाडि निजी गुण्टा, झिटी भारी सुचना जारी गरेर नै हवाइ यात्रुले विदेशबाट ल्याउने र लैजाने सामानमा कडाइ गरेपनि त्यसको कार्यान्वयन हुन सकेको थिएन् । तर, पछिल्लो समय सरकार विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइका साथ कार्यान्वयन गर्न लागि परेको हो । सरकारको यो कडाईको धेरैले आलोचना गरेका छन् । सामाजिक सञ्जालमा नायिका रेखा थापाले एक स्ट्याटस लेख्दै सरकारी यस्तो कदमको विरोध जनाएकि छन् । उनले लेखेकि छन ।

जाने बेला रुदै र फर्कने बेला पनि रुवाउने सरकारका यस्ता श्रमिकमारा कदम बिरुद्दको आवाज उठाउनु पर्छ । हाम्रा श्रमिक दाइभाइ यो देशका गौरब हुन र उनिहरुको असम्मान गर्ने अधिकार कसैलाई छैन । यो बन्द गरिएन भने म एक्लो किन नहोस् एयरपोर्ट अगाडि बिरोध गर्न जान तयार छु।

प्रकाशित मिति October 26, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस