शनी बने लोकस्टारको विजेता बिजेता पछि उन्ले लेखे फेसबुकमा एस्तो स्टाटस

काठमाडौं । शनी विश्वकर्मा आईएमई नेपाल लोकस्टारको विजेता भएका छन । एपी वन टेलिभिजबाट प्रशारण हुने मौलिक रियालिटी शो आईएमईको नेपाल लोकस्टारको विजेता बनेका रोल्पाका शनीले ५० लाख नगद र २५ लाखको जीवन वीमा जितेका हुन । यस्तै सेकेण्ड रनरअप विनोद दनुवार भए । उनले १० लाख नगद पुरस्कार जिते भने फस्र्ट रनरअप चेतन गोतामे भए ।

उनले २५ लाख नगद पुरस्कार जिते । उनले पुरस्कार पाए । शुक्रबार एक भव्य कार्यक्रमका बिच प्रतियोगिताको फाइनल भएको थियो । हेर्नुहोस शनि को फेसबुक स्टाटस जस्ता को तेस्तै मेरो जिबनमा यत्ती खुसीको क्षण आज पहिलो पटक आएको छ । यो सबै हजुरहरु कै कारण हो। आज मलाई नेपाल लोकस्टारको बिजेता बनाईदिनु भएको छ ।

यो खुसीको क्षण तपाई हाम्रो लागि नै हो । यो जित भनेकै तपाईहरुको माया साथ सहयोग सपोर्ट अनि बिश्वासको हो । म त यसको एउटा प्रतिनिधि मात्र थिए। आजदेखि मेरो काधमा यो मायाको जिम्मेवारी आएको छ । मैले यो कुरा आत्मसात गर्दै अबको दिनमा नेपाली गित संगितलाई माया गर्दै अगाडि बढने छु । सदैब तपाईबाट यस्तै साथ सहयोगको अपेक्षा गरेको छु ।

अन्तत: नेपाल लोकस्टारको सुरुको यात्रा देखि अहिलेसम्म यसरी बिजेता बनाउनको लागि धेरै सहयोग गर्ने सम्पुर्ण ती देश तथा बिदेशमा छरिएर रहनुभएका आदरणीय आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरु साथीभाईहरु साथै समग्र सबैमा मेरो शिर झुकाएर नमन ढोग अनि प्रणाम !!

प्रकाशित मिति October 25, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस