नेपालमै देखियो एस्तो अचम्म १२ वर्षीय बालिकाको पेटमा ५ महिनाको गर्भ

अछामको रामारोशनकी १२ वर्षीया एक बालिकाको पेटमा ५ महिनाको गर्भ भेटिएको छ । कुकुरले टोकेपछि उपचार का लागि अस्पतालमा ल्याइएकी उनको चेकजाँचका क्रममा चिकित्सकले पेटमा बच्चा भएको अभिभावकलाई बताएका हुन् । कुकुरले छोरीलाई टोकेको थियो । सुई लगाउनको लागि अस्पताल ल्याएको थिएँ बालिकाका बुवाले भने छोरीको पेट किन सुनियो डाक्टर साहब हेरिदिनुस् भने ।

डाक्टरले चेकजाँच गरेपछि ५ महिनाको गर्भ छ भन्ने थाहा भएपछि म छाँगाबाट खसे जस्तो भएँ । सुस्तमनस्थिति ती बालिकाको गर्भ कसरी रहयो भन्नेमा प्रहरीले खोजी सुरु गरेको छ । उनलाई बलात्कार गरिएको हुनसक्ने डीएसपी जनक शाहीले बताए । गम्भीर प्रकृतिको घटना हो । उनले सुरुमा नाम लिएका एक बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौ उनले भने अहिले अरु चार पाँच जना केटाहरुको नाम पनि लिएकी छन ।

उनीहरुलाई पनि नियन्त्रणमा लिने प्रयास गरिरहेका छौं । ती बालिकाकी आमा पनि सुस्तमनस्थिति रहेको र बुवालाई यो घटनाबारे जानकारी नभएको प्रहरीले जनाएको छ । गम्भीर प्रकृतिको घटना भएकाले अस्पताल ले प्रहरीलाई खबर गरेको जानकारी जिल्ला अस्पताल अछामकी एक नर्सले दिइन् । यो केस नै फरक भएकाले प्रहरीसँगको परामर्शमा रहेको उपचारमा संलग्न चिकित्सकले बताए ।

जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको २२ हप्तासम्मको गर्भ भएमा अन्यथा अरु अवस्थाका अनिच्छित गर्भ १२ हप्ता ननाघेको गर्भपतन गर्न मिल्ने कानुनी व्यवस्था छ । अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १२ हप्तासम्मको गर्भ फाल्न पाउने व्यबस्था रहेको छ। तर यी बालिकाको हकमा अहिल्यै नै के गर्न सकिन्छ भन्ने बारे सल्लाह भइरहेको सरोकारवाला बताउँछन् । यो खबर ई कान्तिपुर बाट

प्रकाशित मिति October 25, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस