तिहार मा भाईले लेखे दिदीलाई मन छुने प्रत्र

दिदी कोमल चरणमा सादर प्रणाम कुशल रहि कुशलता को कामना गर्दछु । दिदी, मनमा गुजुल्टिएर गुस्मुसिएका कुराहरु त धेरै छन् । नजिक रहेर पनि टाढा भएको आभास हुन्छ मलाइ । किन किन आजकल म हाम्रा बितेका बालापनहरुमा हराउने गर्छु । जब तिम्रो झल्को आउँछ, मनमा न्यास्रो लाग्छ अनि हामी सगै हिडेका गोरेटोहरुमा एक्लै हिड्ने गर्छु ।

म सानो छ्दा तिम्रो चुन्नीको फेरो समाउदै रुदै तिम्रो पछि पछि दगुरेको याद आउँछ । तिमी जन्मेको धेरै बर्ष पछि मात्र मैले यो धर्तीमा आँखा खोलेको रहेछु । तिम्रो बिबाह हुदा म जम्मा ७ बर्षको मात्र रहेछु तिमी २० बर्षकी भइन्जेल सम्म तिमीले आमा बाबुको लाड प्यार पाई रहिछौ । तिमी एक्लो सन्तान हुनाले सायद आमा बाबुले हातै हातमा हुर्काउनु भयो होला ।

म बुझ्ने भइ नसक्दै तिमीले पराइ घरको यात्रा तय गरि सकेकी थियौ । तिम्रो बिहे हुदा राम्रो लुगा लगाएर दिन भर जन्ती बाजा गाजाका साथमा रमाए पनि तिमीलाइ अन्माउने बेलामा तिमी चाम्दानी मा बसेर जाँदै गर्दा म रुदै तिम्रो पछि दगुरेको थिए । तेति बेला तिमीले डोली अड्याउन लगाएर मलाइ छातीमा टासेर भक्कानिदै रोएकी थियौ । त्यसरात बा आमा पनि खुब रुनु भयो ।

मेरो घरको लक्ष्मी अर्काको घरमा सर्‍यो बा भन्नूहुन्थ्यो, मेरो दाहिने हात भाचियो आमाको रुवाइ को डाको सगै निस्किएका शब्द थिए । मलाइ काखा च्यापेर बा आमा खुब रुनु भयो तिम्रो बिदाइमा, मेरो बालापन के नै बुझ्थ्यो र ? तिमीले बिहे गरेर गए पछि साच्चै म एकोहोरो भएको थिए । कसै सग हास्न बोल्न मन लाग्दैन थ्यो ।

फाल्गुन महिना मा तिमी पराइ घर गए पछि जेष्ठ महिनामा हाम्रो गैह्री खेतमा गाउकै जमिन दारले गोरु नारेको देख्दा म अचम्म मानेर बा लाई सोधें, बा ! किन हाम्रो खेत अरुले जोतेको ? बाबा: कसले गर्छ बाबू खेतिपाती, अर्मपर्म गर्ने तेरि दिदी छैन, तँ सानै छस् , हामी बुढाबुढिले सकिँदैन । त्यसैले अब देखि अरुले नै जोत्छन् अरुले नै धान भित्र्याउछन् ।

पछि जमिनदारले तम्सुक लिएर आउदा मात्र अलि अलि कुरा बुझें, तिम्रो बिहेमा खर्च जुटाउन बा ले खेत बेच्नु भएछ ।त्यसपछी हाम्रो घरको भकारीमा धानको दाना छिरेन । पाखो बारीमा फल्ने कमै कोदो नै हाम्रो मुख्य अनाज भयो । साच्चै तिमीले घर छाडेको दिन देखि हाम्रा दुखका दिन शुरु भएका रहेछन् । पुस महिना को एक दिन बिहान आमा अगेनामा आगो फुक्दै हुनु हुन्थ्यो अचानक छातीको देब्रे तिर दुख्यो, पानी पानी भन्दै छटपटाउन थाल्नु भयो ।

बाबाले छिटो छिटो गरेर पानी मुखमा के हाल्दिनु भएथ्यो, आमाले सेता आँखा पल्टाउदै मुख बाट फिज निकालेर हात खुट्टा दह्रो बनाउनु भयो । म केटाकेटी अक्क न बक्क हेरि रहे । बा ले आमाको नाम पुकार्दै बेस्सरी छाती टासेर ग्वाँ ग्वाँ रुनु भयो म पनि आमा आमा भन्दै आमाको छेउमा पुगे, मेरो टाउको हात के लगाउनु भएको थियो आमाको टाउको बा को छाती छोडेर लत्रीयो ।

दिदी, तिम्रो साहारा बढ्दै गयो मेरो सहारा घट्दै गयो । जिन्दगी बुझ्न नपाउदै मैले मृत्युलाइ बुझुनु पर्ने भयो । बुढेसकालमा जन्मेको म पुछुवा बा आमाको सहारा बन्न सकिन । दिदी, आमाले संसार छाडेपछी बा को मनस्थिती पनि ठिक रहेन, तनाबमा बा धेरै चुरोट पिउन थाल्नु भयो । घरको व्यवहार पनि लथालिङ्ग हुँदै गयो । आफैले खाना पकाएर जुठो भाडो गर्दै स्कुल जान मलाइ भ्याइ नभ्याइ हुन्थ्यो ।

तै पनि जिन्दगी लतार्दै घिसार्दै चली रहे । म १५ बर्ष पुग्दा नपुग्दै बा लाई पनि क्यान्सरले हरायो । खै कसरी बताउ दिदी, त्यसपछिका मेरा दुखका दिन, बा को १३ दिने काजकिरिया अम्काउन नसक्दा भएको पाखो वारि पनि मुखियाको मा धितो राखेर लिएको ॠण अझै चुक्ता गर्न सकेको छैन । तिमी त भाग्यमानी रहिछौ दिदी, शहरमा तेति ठूलो घर छ, सोझो इमान्दार, लगनशिल पति (भिनाजु) पाएकी छौ ।

आ आफनो भाग्य त होला नि है ! तिम्रो भागमा हर्ष, खुशी, भान्सा मा सधै भात मासु मेरो भागमा दुख पीडा आखामा सधै आँसु । सायद यहि दुख झेल्न भगवानले मलाइ तिमी भन्दा धेरै पछि यो संसारमा बोलाएछन् । दिदी, कति बर्ष देखि मेरो घर आगन शून्य खाली खाली छ, कति भयो तिमीले माइतिको आगन नटेकेको ? यसपालीको तिजमा खुशी लिएर गएको थिएँ तिम्रो घर जसरी पनि लिएर आउछु भनी ।

तर धेरै भयो उकालो ओरालो नगरेको बानी बिग्रीएछ भाइ शहर बसे पछि, उकालो त चढ्ने सक्दिन । बरु मलाइ त उता साथीको मा बोलाएका छन् भब्य पार्टी छ रे क्या रमाइलो हुन्छ । नजाउ भने पनि रिसाउलान् भन्ने पीर । आखिर परि आउदा चाहिने ती नै साथी संगी हुन् यो शहरमा । हेर्न नरिसान है दिदी आइन भनेर फेरि तेरा भिनाजु र भान्जा भान्जी म भइन भने भोकै हुन्छन् केही बनाएर खान जान्नी होइनन् ।

ला यी पैसा भन्दै २ हजार मेरो हातम थमाउदै मलाइ फिर्ता गरेउ, तेहि पैसाले आँसु पुच्दै फर्किए । एउटै कोखबाट जन्मेका हामी, म जे जस्तो भए पनि सदा सुखी र खुशी रहनु दिदी अरु केही लेख्न पाईन दिदी आँसु थामिएन यहि म कलम बन्द गर्छु । तिम्रै मायाले बाचेको उहीँ भाइ….

प्रकाशित मिति October 23, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस