रुपनी गाँउपालिका मा भैँसी चोरीको आरोपमा तीन जना पक्राउ

काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका – १ रामपुरस्थित विशेश्वर यादवको गोठमा बाँधेको भैँसीको डोरी खोलेर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ तीन जनालाई पक्राउ गरेको छ । भैँसी चोरी गर्दै गरेको अवस्थामा सप्तरीको बोदेबर्साइन नगरपालिका ५ का २६ वर्षीय मो रफिल मियाँलाई नियन्त्रणमा लिइएको छ । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीलाई अन्य साथीसमेत चोरीमा संलग्न रहेको भनी बयान दिएका

आधारमा थप दुईलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । सो क्रममा खोजतलास गर्दै जाँदा ज१च १२०१ नंको पिकअपसहित भैँसी लोड गर्न रुपनीचोकमा बसिराखेको अवस्थामा सिरहा महेशपुर पतारी गाउँपालिका – ४ का ३५ वर्षीय नसरुल मियाँ र धनुषा गणेशमान चारनाथ नगरपालिकाका २८ वर्षीय नारायण बुढाथोकीलाई पिकअपसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । जनबोली डट कम बाट साभार ।

यो पनि पढनुहोस । पब्जी मोबाइल गेम विश्वको सबैभन्दा धेरै पैसा कमाउने अनलाइन गेम बनेको छ । पब्जीले ४० करोडभन्दा बढी पटक आफ्नो गेम डाउनलोड भएको बताएको छ । त्यस्तै चीन बाहिर मात्रै पाँच करोड दैनिक सक्रिय प्रयोगकर्ताहरु रहेका छन् । एक रिपोर्टका अनुसार, पब्जी गेमले गएको महिना १४६ मिलियन डलर कमाइ गरेको छ, जुन अरु अनलाइन मोबाइल गेमको कमाइभन्दा धेरै बढी हो । गेमको धेरैजसो कमाइ इन-गेम पर्चेजबाट हुन्छ ।

आफ्नो इन-गेम लुकका लागि खेलाडीहरुले स्किन र कस्ट्यूम्स पनि खरिद गर्दछन् । यसको अलावा चीनमा पब्जी मोबाइल गेम बन्द भएपछि लन्च गरिएको गेम फर पीसबाट पनि कम्पनीले उल्लेख्य कमाइ गरिरहेको छ । गएको वर्ष पब्जी मोबाइल गेमले ७०० मिलियन डलर कमाइ गरेको थियो । पब्जी मोबाइल गेमले २०० मिलियन डाउनलोड भएको ६ महिनाभन्दा कम समयमा नै ४०० मिलियनको आँकडा पार गरेको छ ।

प्रकाशित मिति October 22, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस