एक पटक मलाइ दशै मनाउन मन छ! सक्किगोनीका चर्चित कलाकार (दिपक आचार्य)

एक पटक मलाइ दशै मनाउन मन छ! हो एक पटक मलाइ दशै मनाउन मन छ, बर्ष भरि को काम र थकाइ बिर्सियर खुशियालि को दशै मनाउने मन छ, बारि भरि पहेलै मकै भाच्दै गर्दा “दशै अगाडि नै तोरि छरि सक्नु पर्छ” भन्ने मकै का सर्याङ सर्याङ्ग आबाज सङ्गै बुबाको मिश्रीत आवाज सुन्न मन छ, हो मलाइ तोरि छरि सकेको दशै मनाउन मन छ !

आज दशै को लुगा किन्न जाने, बुबा अघि अघि, अनि म पछि पछि बुधबारे बजार जादा को उकालि मा रङ्गि चङ्गि कपडा को कल्पना मा रमाउन मन छ, घर पोत्नु पर्ने, टीन को चुना राम्रो कि बोरा को चुना राम्रो भनेर अग्नि दाइ को होल सेल पशल मा सोध्न मन छ, बेलुकि आगनि मा किट को ठुलो कराइ मा खन्याइयको सेतो चुना मा पानी खन्याउदा पानी कसरि उम्लियको होला अचम्म मान्दै चुना पड्कियको आबाज सुन्न मन छ,

एक बिहानै गोरे दाइ ले आगनि मा बाबिया को चुना छ्याप्ने कुचो र बाश को भर्याङ बनायको हेर्न मन छ, माछा पोखरि को डिल को बाटो बाट अगमे दाइ ले हाते लुगा सिलाउने कल बोकेर घर तर्फ लम्कदै गरेको हेर्न मन छ, अनि आगन को बिच मा ठुलो पराल को सुकुल बिछ्यायर कपडाको मेरो नापो लिदै गर्दा छेवैमा बसेर बुबा ले “बड्दो उमेर को मान्छे अलिक ठुलो सिलाइदेउ” भनेको सुन्न मन छ, अलिकति धागो पुगेन भनेर

कपडा को र धागो को रङ्ग न मिलाइ सिलाउदा रङ्गिन देखियको नया लुगा लगायर कतै साघुरो भयो कि भनेर मापन गर्न बुबा ले आगन भरि उफ्रन लगाउदा बुरुक्क बुरुक्क भ्यागुता जस्तै गरि उफ्रन मन छ, छिटो छिटो घास काटि सकेर पल्लाघरा बाबियो को लठारो बाटन सघाउन जान मन छ, एक बिहानै झिसमिसे मा ढिकि च्याउ ढिकि च्याउ गर्दै आमा र दिदि हरु ले चिउरा कुटेको आबाज ले ब्युझन मन छ,

र आखा मिच्दै ढिकि मा गयर हात थाप्दै लट्टा परेको चिउरा माग्न मन छ, पुरेत ले नौ दिन सम्म नवदुर्गा को पाठ लगाउदा पुजा सके पछि सालदाइ ले सङ्ख बजाउदा मलाइ जोड जोड ले घन्ट बजाउन मन छ, ठोक्रे खोला देखि गुराशे भिर सम्म कान्लो ताछेर चिल्लो बनायको बाटो मा हिड्न मन छ, अस्टमि मा पूजा गर्न भनेर टिके कचिया देखि ठुलो कत्ति सम्म का हतियार थुपारेरसानो धारा मा बालुवा ले मस्काइ मस्काइ टिलिक्क टल्काउन मन छ,

देबिथुम को डाडा मा लगायको लिङ्गे पिङ्ग को भिड मा तछाड मछाड गर्दै पालो मिचेर पिङ्ग को काम्रो मा खुट्टा हाल्न मन छ, सिकुवा मा बिछ्छ्यायको नया राडि मा ठुलो दाइ देखि म सङ्गै क्रमै सङ्ग मिलेर टिका थाप्न बस्दा बुबा को आयुद्रो नसुते आबाज सङगै थालिको छेउमा टिलिक्क टल्कियका नया राता नोट मा आखा न झिम्क्याइ एक टक ले हेरि रहन मन छ, हो मलाइ एक पटक दशै मनाउन मन छ !!

-दिपक आचार्य

-बिजया दशमीको शुभकामना (दिपक आचार्यको फेसबुक बाल बाट साभार)

प्रकाशित मिति October 5, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस