रोशनी भन्छिन मलाई र श्रीमानको ज्यान लिने धम्की दिएर जवरजस्ती बोल्न लगाईयो

काठमाडौँ । सभामुख कृष्ण बहादुर मह*रामाथि आरोप लगाउने महिला रोशनी शाहीले नै महरामाथिको आरोप कपोकल्पित भएको बताएकी छिन् । उनले आफुलाई प्रयोग गरेर महरालाई फसाउन लागिएको स्पष्टोक्ति दिएकी छिन् । दियोपोष्ट डटकमले लेखेको खबर अनुसार, उनले महरा निर्दोष र रहेको र आफु प्रयोग भएको कुरा आफ्नौ फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् ।

उनले काँग्रेसी मिडियाले आफुलाई जबरजस्ती सभामुखको बिरुद्धमा बोल्न लगाइएको बताएकी छिन् । आफु र आफ्नो श्रीमानको ज्यान लिने धम्कि दिएर आफुलाई जबरजस्ती महराको बिरुद्धमा बोल्न लगाइएको बताएकी छिन् । बुधबार विहान फेसबुकमार्फत ती तत्वहरुसँग अब नडराउने बरु उनिहरुको पर्दाफास गर्ने चुनौती दिँदै लेखेकी छिन्, ‘अति गर्नु अत्याचार नगर्नु’
‘ सभामुखमाथि लगाइएको आरोप झुठ, कपोकल्पित, उनलाई सत्ताबाट पदच्युत गर्न गरिएको डिजाईन हो ।

जसको लागि मलाई प्रयोग गरियो । डर त्रास र धम्कीबाट तैले महरालाई बलात्कारको आरोप लगाइनस भने म र मेरो श्रीमानको ज्यान लिने धम्कीका कारण मैले नचाहँदा नचाहँदै पनि झुठ बोलेको हुँ । एउटा काँग्रेसको मिडिया म बसेको ठाउँ पत्ता लगाउँदै आयो । त्यही भिडियोको कुरालाई लिएर सभामुख निर्दोष हुँदाहुँदै पनि दोषी ठहर्याइयो । महरा सरले रक्सी ल्याएको पनि छैन न त उनि कुनै महिलाको कोठामा नै गएका छन् । सत्य सत्य नै हो र सत्य यही हो ।’ उनले फेसबुकमा लेखेकी छिन् ।

प्रकाशित मिति October 4, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस