बाघको आक्र?मणबाट एक ४५ वर्षीया महिला गम्भीर घाइते

बर्दिया । बाघको आक्र*मणबाट एक महिला गम्भीर घा?इते भएकी छन् । बासगढी नगरपालिका – २ राझा स्थित स्वर्गद्वारी सामुदायिक वनमा बाख्रा चराउन गएकी ४५ वर्षीया गंगा सलामी मगर बाघको आक्रमणबाट गम्भीर घा्इ\ते भएकी हुन् । बाघको आक्रमणबाट सलामीको हात र बंगारामा चोट लागेको प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले बताए । उनलाई कोहलपुर स्थित शिक्षण अस्पतालमा उपचारका लागि लगिएको छ ।

घटनास्थलमा दुईवटा बाख्रा समेत बाघले खाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको उक्त सामुदायिक वनमा बाघलाई नियन्त्रणमा लिन प्राविधिक टोलीसहित सुरक्षाकर्मी पठाइएको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । विगत केही समय यता निकुञ्जबाट निस्केको बाघले ६ महिनायता तीन जनाको ज्यान लिइ सकेको छ । सोही अवधीमा चार जना घाइते भएका छन् । यो खबर ईकान्तिपुर डट कम ले छापेको छ ।

यो पनि पढनुहोस । पब्जी मोबाइल गेम विश्वको सबैभन्दा धेरै पैसा कमाउने अनलाइन गेम बनेको छ । पब्जीले ४० करोडभन्दा बढी पटक आफ्नो गेम डाउनलोड भएको बताएको छ । त्यस्तै चीन बाहिर मात्रै पाँच करोड दैनिक सक्रिय प्रयोगकर्ताहरु रहेका छन् । एक रिपोर्टका अनुसार, पब्जी गेमले गएको महिना १४६ मिलियन डलर कमाइ गरेको छ, जुन अरु अनलाइन मोबाइल गेमको कमाइभन्दा धेरै बढी हो ।

गेमको धेरैजसो कमाइ इन-गेम पर्चेजबाट हुन्छ । आफ्नो इन-गेम लुकका लागि खेलाडीहरुले स्किन र कस्ट्यूम्स पनि खरिद गर्दछन् । यसको अलावा चीनमा पब्जी मोबाइल गेम बन्द भएपछि लन्च गरिएको गेम फर पीसबाट पनि कम्पनीले उल्लेख्य कमाइ गरिरहेको छ ।

गएको वर्ष पब्जी मोबाइल गेमले ७०० मिलियन डलर कमाइ गरेको थियो । पब्जी मोबाइल गेमले २०० मिलियन डाउनलोड भएको ६ महिनाभन्दा कम समयमा नै ४०० मिलियनको आँकडा पार गरेको छ । पब्जी मोबाइल गेमले भरखर मात्रै नयाँ अपडेट ०.१३.० ल्याएकाे छ । यो अपडेटसँगै गेममा केही नयाँ विशेषता जोडिने गर्छ र यही अपडेटलाई लिएर उत्साहका साथ पब्जीले कोशेढुंगा पार गरेको हो ।

प्रकाशित मिति October 2, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस