ब्रेकिङ न्युज: नायिका केकी अधिकारी चढेको गाडी दुर्घटना

रौतहट– काठमाडौबाट सामाजिक गीतको लागि छायाँकन गर्न आएको गाडी दुर्घटनाग्रस्त भएको छ । छायाँकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आज बिहान रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो । तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि बिहान ४ बजे दुर्घटनामा परेको थियो ।

गाडीमा रहेका नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका केकी अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी ,फिल्म छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायत मध्ये केहि समान्य घाइते भएका छन् । दुर्घटनामा परेको गाडीमा ठुलो क्षति भएपनि छायाँकनको लागि लगिएको क्यामरा लगायतका उपकरणहरु सुरक्षित रहेकोे कलाकार यादवले बताए ।

यो पनि पढनुहोस । दशैंमा घर जाने यात्रुलाई आजबाट अग्रिम टिकट खुल्ला काठमाडौं । आजबाट दशैँको टिकट बुकिङ खुल्ने भएको छ । दशैं मनाउन उपत्यका बाहिर घर जाने यात्रुका लागि आज ९आइतबार० बाट अग्रिम टिकट खुल्ने भएको हो । यातायात व्यवस्था विभागमा केही दिन अघि यातायात व्यवसायीसँग भएको छलफलअनुसार असोज पाँच गतेबाट टिकट सुरु गरेको हो ।

आजबाट लामो दूरीमा चल्ने बसको टिकट बुकिङ खुल्ने भएपनि काठमाडौं उपत्यका नजिकका जिल्लाका लागि भने टिकट बुकिङ खुल्न अझै केहि दिन लाग्ने पाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाति र लगनखेललगायतका स्थानमा टिकट बुकिङ सुरु हुनेछ । यसपटकको दशैँमा करिब ३५ लाख मानिसले काठमाडौं छाड्ने गरिएको छ ।

प्रकाशित मिति September 22, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस