बिनोद रानाभाटकि आमा यसरि रोइन मिडियामा: आमाको आँसु रोकिएन (भिडियो सहित)

कतारको जेलमा बिगत ३४ महिनादेखि जेल जीवन बिताईरहेका बिनोद रानाभाट नेपाल फर्केका छन् । ३ बर्षको जेल जीवन सकिन दुई महिना बाँकी छदै बिनोदले सोमबार मध्यान्ह १२ बजे नेपालको माटोमा टेकेका हुन् । उनलाई एयरपोर्टमा लिन उनका बुवा र सामाजिक अभियन्ता अर्जुन भुषाल पुगेका थिए । त्यसपछि उनी सामाजिक अभियन्ता तथा कलाकार शिशिर भण्डारीलाई भेट्न बागबजार आए ।

शिशिरसँगको भेटमा बिनोदले कतारमा आफुले पाएको दुखको कथा सुनाए र अब शिशिरसँगै सामाजिक सेवामा लाग्ने बताए । त्यस्पछी बिनोद घर पुगे घर पुग्दा उनकी आमाको आँखाबाट आँसु थामिएन । भिडियो तल छ ।

यो पनि पढनुहोस । गायक राजेश पायल राईको काठमाडौंको बानेश्वर स्थित घरमा आज आगलागी भएको छ । आगलागीवाट के कति आर्थिक क्षति भयो भन्ने यकिन भएको छैन । प्रहरीले घटनाको मुचुल्का उठाएको छ । तर राजेश पायलको अमुल्य सामान भने जलेर नष्ट भएको छ । उनले आफ्नो गायन क्षेत्रवाट पाएको महत्वपूर्ण मायाको चिनो र सम्मान पत्रहरु सबै जलेर नष्ट भएको छ ।

आर्थिक रुपले मुल्याकंन नै गर्न नसकिने दर्शक र श्रोताको सम्मान सबै जलेर नष्ट भएका छन् । उनको घरमा भएको आगलागी पछिको भिडियो पनि सार्वजनिक भएको छ । सो भिडियोमा राईको मुख्य कोठाका सबै सामान जलेर नष्ट भएको देखिन्छ । उनको कोठामा रहेका सामानहरु छताछुल्ल अवस्थामा देखिन्छ । उनले पाएका मायाको चिनो, सम्मान पत्रहरु खरानी भएका छन् । प्रहरीले मुचुल्का उठाइरहँदा राईको अवार्ड र प्रमाणपत्रहरु जलेर कालो भएका छन् ।

आगलागीवाट राईको घरमा सबैभन्दा बढी राईकै कोठामा भएको देख्न सकिन्छ अन्य कोठामा भने त्यती धेरै क्षती नभएको बताउँछन् । छिमेकीहरुले राईको कोठाको झ्यालको सिसा फुटाएर आगो नियन्त्रणमा लिएका थिए । आगलागी कसरी भयो भन्ने कुरा पनि खुलेको छैन । घरमा आगलागी हुँदा सहयोगी महिला घरमा थिइन् । अनि घरका साइलो दाई माथिल्लो तलामा रहेका कारण आगलागी थाहा नभएको बताए । आगलागी तल्लो तलामा भएको थियो ।

प्रकाशित मिति September 17, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस