ज्ञानेन्द्र बहादुर शाहीलाई लाग्यो दुई जिल्ला मा प्रबेश निशेध पूरा बिबरण हेर्नुहोस

काठमाडौँ । नेपालको संविधानले कुनैपनि व्यक्तिको वाक स्वतन्त्रता र कुनै पनि राजनीतिक दललाई आफ्ना गतिविधि गर्न निषेध गरेको छैन । तर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले भने ज्ञानेन्द्र बहादुर शाह ज्ञानेन्द्र शाही लाई कास्कीमा प्रवेश निषेधको निर्णय गरेको छ । युवा संघ नेपाल कास्कीले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई कास्कीमा प्रवेश निषेध घोषणा गरेको हो ।

तत्कालीन वाइसिएल नेपाल कास्की र तत्कालीन युवा संघ नेपाल कास्कीका अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा शाहीले फेसबुक, युटुव र ट्वीटरजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खोजेको र द्वन्द्व गर्न उक्साएको आरोप लगाइएको छ ।

धनुषा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धनुषाले पनि ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) लाई प्रवेश निषेध गर्ने निर्णय गरेको छ । युवा संघ नेपाल धनुषाले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई प्रवेश निषेध घोषणा गरेको हो । विज्ञप्तिमा ज्ञानेन्द्र शाहीलाई धनुषा जिल्लामा कुनै पनि प्रकारको कार्यक्रम गर्न नदिने र प्रवेश निषेध गर्ने निर्णय गरिएको जनाइएको छ ।

प्रकाशित मिति September 16, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस