आखिर किन दिए त ? राजविराज नगरपालिकाका मेयरलाई ५ रुपैयाँ पुरस्कार

राजविराज। सिराहाको राजविराज नगरपालिकाका मेयर शम्भु यादवलाई त्यहाँका बालबालिकाले ५ रुपैयाँ पुरस्कार दिएका छन् । मेयर यादवले नगरपालिकाको तर्फबाट बाल दिवसको अवसरमा कुनै कार्यक्रम आयोजना नगरेपछि बालबालिकाले गुनासोस्वरुप ज्ञापन पत्रसहित ५ रुपैयाँ पुरस्कार दिएका हुन् । उनीहरुले नगरपालिकाले बालबालिकाको पक्षमा कुनै सकारात्मक काम नगरेको गुनासो पनि गरेका छन ।

बालदिवस मनाउन नगरपालिकाले बजेट नछुट्याएकाले विरोधस्वरुप ५ रुपैयाँ सहयोग गरेको जिल्ला बाल संजाल सप्तरीका अध्यक्ष वरदान श्रेष्ठलाई उद्धृत गर्दै नेपाल लाईभले लेखेको छ । मुलुकभर भव्य रुपमा राष्ट्रिय बाल दिवस मनाइरहँदा राजविराजमा पनि आफूहरूले कार्यक्रम गर्न माग गर्दा चासो नदेखाएको श्रेष्ठले गुनासो गरे ।

यो पनि पढनुहोस । नेपाली लोक गीत संगीत बद्रि पंगेनी, रमेशराज भट्टराई, मञ्जु पौडेल जस्ता गायक गायिकाको नाम बिना अधुरो हुन्छ ।अझ पशुपती शर्मा, सम्झना भण्डारी जस्ता जनमनमा बसेका लोकप्रिय गायक गायिका अटेनन् भने त्यो लोक गित संगीतको माहौल पुरा हुने कुरै भएन । पशुपती शर्मा पछिल्लो समय नेपाली लोक संगीतको क्षेत्रमा चर्चित नाम हो । यी स्टार गायकका हालसम्म सार्वजनिक सबैजसो गीत हिट छन् भन्दा फरक पर्दैन् ।

तर नेपाली फिल्ममा लोकगीतले खासै स्थान नपाउने कारण फिल्मसँग जोडिएर सुगम संगीतको जति चर्चा लोकगीतको हुँदैन् । फिल्मी गीतमा पनि पशुपती अब्बल देखिएका छन् । विगतमा उनले गाएको ‘मलाई अमेरिका पनि यही मलाई जापान पनि यहीँ…’ बोलको गीत पनि निकै हिट भएको थियो । सो गीतलाई देशदेखि विदेशमा बस्ने नेपालीले मन पराएका थिए । उनै पशुपती शर्माले कमलाको बारेमा भावुक हुँदै मेरो बाल्यकालको झझल्को आयो भनेका छन हेरौ पुरा भिडियो

प्रकाशित मिति September 15, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस