सरकारलाई कडा चुनौती, डेंगुले सांसद मरेपछी मात्र बोल्ने हो भन्ने प्रश्न: पुरै पढ्नुहोस

नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले डेंगुको प्रकोप देशभर फैलिदा पनि सरकार र सम्बन्धित मन्त्री नबोलेकोमा आपत्ति जनाएका छन । उनले डेंगुको विषयमा सरोकार वाला निकायको ध्यानाकर्षण नभएको भन्दै सांसद मरेपछि मात्रै सरकार डेंगुको विषयमा बोल्ने हो ? भन्ने प्रश्न पनि राखे । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद श्रेष्ठले काठमाडौं लगायत विभिन्न क्षेत्रमा डेंगुले महामारीको रूप फैलाइरहेको अवस्थामा मन्त्रीहरु नबोल्नु लाजमर्दो भएको भन्दै आपत्ति ब्यक्त गर्नुभयो ।

उनले भने, “डेंगुको कुरामा यो नेपाल सरकार बोल्दैन, अमेरिकी सरकार बोल्नु लाजमर्दो भएन र ?” । मन्त्री तथा आँखाका डाक्टर सन्द्रुक रोइत समेत डेंगुको संक्रमणमा परे । कति मानिसको त ज्यान नै गयो, सरकार भने चुपचाप छ उनले भने। मरेपछि सरकार बोल्ने हो र मरेकाको कस्तो व्यवस्था गर्ने हो र कति सांसद बिरामी भएपछि सरकार बोल्ने हो ? श्रेष्ठले सरकारले तत्काल जवाफ नदिए आफू विरोधमा उत्रिने धारणा समेत राखे । उनको कुरा हौरहरुलाई कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला।

प्रकाशित मिति September 14, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस