शिक्षा दिवस मा अतिरिक्त क्रियाकलाप सम्पन्न पुरापढ्नुहोस

निशा कडेल
बाबियाचाैर, सुर्खेत
४०औ अन्तर्राष्ट्रिय साक्षरता दिवस एबम शिक्षा दिवस बिबिध कार्यक्रम का साथ देशभर भव्य रूपमा मनाईएको छ । शिक्षा दिवस का अवसर अन्तरगत अाज चाैकुने गाउपालिका २ लगाममा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय लगाम ले अाज अाधारभुत तहमा हाजिरी जवाफ प्रतियोगिता र माद्यामिक तहमा “आजको समयमा शिक्षाको महत्व” बिषयमा वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ ।

 

कार्यक्रम का प्रमुख अतिथी बि ब्य स सदस्य पदमराज जैसिले बिद्यार्थी, शिक्षक र अभिभावक काे समन्वय र सहयाेगमा बिद्यालय राम्रो हुने बताउनुभएको छ । बिद्यालयले बिद्यार्थीकाे शैक्षिक स्तरमा बृद्दि गर्न लाग्नुपर्ने मा समेत जाेडदिनुभएको छ ।कार्यक्रमको सभापतित्व बिद्यालय का सहायक प्रधानाध्यपक पदम शाहीले गर्नुभएको हाे । कार्यक्रम मा प्रथम,द्वितीय, तृतीय देखि सान्त्वना स्थान ल्याउने बिद्यार्थी लाई पुरस्कार बितरन गरियको बिद्यालय का शिक्षक टंक थापाले जानकारी दिनुभएको छ।

Dadadara.com बाट साभार

प्रकाशित मिति September 8, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस