भद्रगोलका पुराना टिमले ल्याउने भने नया टेलिसिरियल पुरा बिबरण हेर्नुहोस

सर्वाधिक लोकप्रिय बनेको हास्य टेलिसिरियल भद्रगोल विगत केही दिनदेखि बन्द भएको थियो थियो, तर; बन्द भएको भद्रगोललाई नयाँ कलाकारहरुले नयाँ कथाबस्तुमा सुरु गर्न थालेपछि, पुराना भद्रगोल टिमले नयाँ नाम र फरक कथाबस्तु सहित यहि असोज दुई गतेबाट भद्रगोल का नै कलाकार मार्फत नयाँ सिरियल आउने भएको छ । भद्रगोलमा देखिँदै आएका पुराना अनुहारहरुलाई अबको नयाँ सिरियलमा नया नाममा पनि देख्न पाउने भएको छ । हाँस्यकलाकार कुमार कट्टेल, हरि निरौला, सागर लम्साल, अर्जुन घिमिरे, रक्षा, लगाएत सम्पुर्ण भद्रगोल टिम ले सामाजिक सञ्जालमा आफ्नो फेसबुक मार्फत एस्तो लेखेका छन । हेर्नुहोस सम्पुर्ण भद्रगोल टिम ले लेखेको स्टाटस जस्ता को तेस्तै:

हजुरहरुले हामी प्रती देखाउनु भएको माया, सदभाव र सहानुभुती प्रती कृतज्ञ छौ हामी आउँदै छौ, केहि हप्ता प्रतिक्षा गर्नु होला !!

नयाँ कलाकारले निर्माण गरेको भद्रगोललाई दर्शकले रुचाएका छैनन् । युट्युबमा लाईक भन्दा डिसलाईक धेरै गरेका छन् । भने धेरै ले गाली गरेका छन । भद्रगोल को नाम खराब गर्न भन्दा बरु अरु नै नाम बाट आउनुहोस । जबसम्म पुराना कलाकार आउदैनन हामिले भद्रगोल पनि हेरिदैन । मिडिया हब लाई तथा युटुव च्यानल लाई नै अंनसस्क्राईभ गरिन्छ । कमेन्ट अन्य एस्तै कुराहरु आएका छन । यो समाचार तयारी गर्ने बेला सम्म १७ हजार लाइक र २२ हजार डिसलाइक छ । युटुबमा डिस्लाईक तथा कमेन्ट हेर्दा अर्को हप्ता बाट लाग्छ भद्रगोल चल्दैन । अब आउने पुराना कलाकार ले नया नाम बाट ल्याउन लागेको टेलिसिरिय लाई साथीखबर बाट धेरै धेरै बधाई तथा शुभकामना छ ।

प्रकाशित मिति September 8, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस