भद्रगोल विवाद : जिग्री-पाँडे अदालत जाने ।कारण यस्तो रहेछ पुरापढ्नुहोस

नेपाल टेलिभिजनबाट प्रशारित हुने चर्चित हास्य टेलिशृंखला भद्रगोलका कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) ले मिडिया हबले अन्याय गरेको भन्दै अदालत जाने बताएका छन् ।करीब चार वर्ष अघि कुमार कट्टेल र अर्जुन घिमिरेको समूहले शुरु गरेको यो हाँस्य टेलिशृंखला हिजोदेखि नयाँ कलाकार सहित मिडिया हबले प्रसारणमा ल्याएको छ । यो नयाँ भाग प्रसारण भएदेखि मिडिया हब र जेपिटी (जिग्री पाँडे टिम) क्रियशनकोे विवाद सतहमा देखिएको छ ।

भद्रगोलको नयाँ कलाकार सहित प्रसारित नयाँ भागमा पुरानै भद्रगोलको निरन्तरता हो भनेर देखाउन खोजिएको छ ।यसले पुराना समूह चिढिएका छन् ।भद्रगोलका कार्यक्रमका अर्का परिकल्पनाकार,लेखक तथा कलाकार जिग्रीले भने,हामी सर्जकलाई ढाँटेर, छलेर मिडिया हबले भद्रगोल आफ्नो ट्रेडमार्क बनायो । पारिश्रमिक पनि दिएको छैन । हुँदा हुँदा हिजोको नयाँ एपिसोडमा हामीले निर्माण गरेको पुरानो भागको क्लिप समेत राखेछ । त्यसको शीर्ष गीत समेत सर्जकलाई थाहा नदिई राखेको रहेछ ।

यो त ज्यादती नै भयो नि ।यो ज्यादतीको विरुद्ध हामी भोलि अदालत जाँदैछौं ।उनीहरुले नयाँ भाग निर्माणमा संलग्न सबै विरुद्ध उजुरी गर्ने तयारी गरेको बताएका छन् ।परिकल्पनाकार, लेखक तथा कलाकार कुमार कट्टेल (जिग्री) भन्छन् यो त नेपाल टेलिभिजनको पनि कमजोरी हाे । कार्यक्रम सेन्सर नगरी प्रसारण गरेको पाइयो त्यसले गर्दा हामी नेपाल टेलिभिजनमा पनि ध्यानाकर्षण पत्र बुझाउने तयारीमा छौं।घिमिरेका अनुसार उनीहरुको सम्झौता अनुसार एक सय ७६ भागको पारिश्रामिक पाएका छैनन।घिमिरेले भने जेपिटी (जिग्री पाँडे टिम) क्रियशन मार्फत भएको पछिल्लो ४३ भागकोे पनि ७ लाख पारिश्रमिक हामीले पाउन बाँकी छ ।

अब हामी सिर्जना चोरीसँगै बाँकी रहेको हाम्रो पारिश्रमिक पाउनुपर्ने माग सहित अदालत जाँदैछौं।घिमिरेले बताए अनुसार एक भागको ४५ हजार पाउने सम्झौताबाट शुरु भएको र पटक पटक सम्झौता नवीकरण हुँदै प्रति भागको एक लाख पाँच हजार पारिश्रमिक पाउने सम्झौता भएको थियो ।भद्रगोलको प्रसारित नयाँ भाग युट्युबमा राखिएको छ।उक्त भिडियोमा अधिकांश दर्शकले भद्रगोलका पुरानै कलाकार हेर्न चाहेको र अत्यन्तै खराब रहेका भनेर नकारात्मक प्रतिक्रिया दिएका छन् ।जिग्री भन्छन्द र्शक पनि हाम्रो साथमा हुनुहुन्छ भन्ने लागेको छ।गत असार मसान्तदेखि उनीहरु बीचको सम्झौता सकिएको हो ।

मिडिया हबले निर्माण गरिरहेको नयाँ भद्रगोलमा पुरानो भद्रगोलका कुनै पनि कलाकार नरहेको घिमिरेले बताए ।उनीहरु जेपिटी क्रियशन मार्फत नयाँ नाम तर उस्तै विषयवस्तु भएको हास्य टेलिशृंखला लिएर असोज दुई गतेदेखि नेपाल टेलिभिजन मार्फत आउने जानकारी दिए ।हिजो प्रशारित भद्रगोलमा पुराना कलाकारहरु जिग्री पाँडे,बले,कक्रोज,बुवीका बाउ,सिते बा,काकु, जयन्ते,रक्षा,एकदुमे लगाएतका कलाकारहरु समेटिएका छैनन् । नयाँ कलाकारहरुमा भने मङ्गल थाडु,बाहुन डन,सुजित थापा,राधा श्रेष्ठ,राम बुढाथोकी,अनुमति नेपाली,राजु भुजेल,अर्जुन तिमिल्सिनाको अभिनय रहेको छ ।

प्रकाशित मिति September 7, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस