भ्वाइस अफ नेपाल आस्था राउतको बच्चापारा पुराहेर्नुहोस

‘भ्वाइस अफ नेपाल’ को ब्लाइन्ड अडिसन अगाडि बढेसँगै नयाँ नयाँ प्रतियोगि आउनेक्रम जारी छ ।जजहरुविच राम्रा प्रतियोगिलाई आफ्नो समूहमा ल्याउन तछाडमछाड जारी छ ।प्रतियोगि फकाउने मामिलामा जज प्रमोद खरेल सबैभन्दा अगाडि नै छन् ।पाँचौं एपिसोडसम्म आइपुग्दा राजु लामाको समूहमा पनि राम्रा प्रतियोगिहरु थपिए ।अर्का प्रतियोगी दीप श्रेष्ठको समूहमा पनि राम्रा प्रतियोगि आइरहेका छन् ।कोच आस्था राउतको बच्चापारा पाँचौ एपिसोड आइपुग्दा पनि सुधारिएको देखिएन । आफ्नै गीत गाउने प्रतियोगिले समेत उनलाई रोजेनन् ।

पाँचौँ एपिसोडको पहिलो प्रतियोगी सञ्जय महतले चौबन्दी चोलो गाए ।उनले गाउँदै गर्दा पहिलो कुर्सी कोच प्रमोद खरेलको घुमेको थियो भने दोस्रोमा राजु लामाको ।त्यसपछि क्रमशःआस्था र दीपले पनि उनको प्रस्तुति रुचाए ।कोच दीपले मीठो गीत गाएको भन्दै आफ्नो टिममा आउन आग्रह गरे भने आस्थाले पावरफुल भ्वाइस भन्दै बोलाइन्आस्थाले सञ्जयलाई लोभ्याउन भनिन्,तपाईंको भ्वाइस सुनेर कुर्सी नघुमाई बस्नै सकिनँ ।उता कोचका प्रमोदले भने सबैभन्दा पहिला आफूले उनलाई रोजेको हुनाले सञ्जयले आफूलाई छान्नु पर्ने जिरीह गरे ।

तर उनले राजुलाई रोजे।यसपछि लक्ष्मण महतोले बैंशको माया पैसाको छेउमा बाचा कसम भुल्दा रहेछन्’बोलको गीत गाए।उनको प्रस्तुतिमा कुनै कोचका कुर्सी घुमेनन्नि।राश भएका लक्ष्मण कोचको आदर्श गफ सुनेर स्टेजबाट बाहिरिनु पर्यो ।खासगरी लक्ष्मणको सुर त लागेको थिएन नै टाइमिङ पनि छाडेका कारण कोचहरुको कुर्सी घुमेन ।यस्तै नविना जोशीले ‘तिम्रो मायामा’बोलको गीत गाएकी थिइन् ।उनको भ्वाइसलाई कोच आस्थाले मात्र रुचाइन् ।अन्य कोच उनको भ्वाइसका गीत गाएकी

कोच दीपको कुर्सी मात्र घुमाउन सक यसैगरी प्रतियोगी कमल बिष्टले स्टेजमा ‘उदासी भयो’ गीत गाए।शास्त्रीय संगीत प्रस्तुत गरेका उनले चारै कोचलाई आफूतर्फ फर्काए । कमल बिष्टलाई कोच प्रमोदले लोभ्याए ।प्रतियोगी अनुषा आचार्यले ‘टाढा टाढा जानुछ साथी, एकफेर हाँसिदेऊ’ गाएकी थिइन् ।उनलाई कोच राजुले स्टेजमा नै गएर अंकमाल गरे।उनले राजुको कोचिङ स्वीकारिन् ।पहिलो सिजनमा असफल भएका करण लामाको दोस्रो प्रयास भने सफल भयो।पहिलो सिजनमा कसैको कुर्सी घुमेको थिएन यो पालि उनले ‘कोमल त्यो तिम्रो वदनमा’ बोलको गीत गाउँदा कोचहरुले रुचाए ।

चारै कोचको कुर्सी घुम्यो।कोच राजुले स्टेजमै पुगेर अंकमाल गरे।कोच आस्था पनि स्टेजमै पुगेर घुँडा टेकेर नै आफ्नो कोचिङ स्वीकार्न आग्रह गरिन् तर उनले राजुलाई रोजे ।आस्था फेरि हिस्स छैटौँ एपिसोड पनि कम रोचक बनेन ।प्रवेश खतिवडाले ‘हे बरै,आमाले सोध्लिन्’गाएर सबै कोच आफूतिर फर्काउन सफल भए ।गन्धर्व गीतलाई राम्ररी गाएको भन्दै सबैको प्रशंसा पाए ।उनले प्रमोदलाई रोजे ।सविना राईले कोच आस्थाको बहुचर्चित गीत चौबन्दीमा पटुकी’गाएकी थिइन् ।आफ्नै गीत राम्रो गाएका कारण कोच आस्थाले उनलाई स्वीकारिन् । अन्य तीन वटा कुर्सी भने उनका लागि घुमेनन् ।

ऐश्वर्य राईले ‘जीवनमा’ बोलको गीत गाएकी थिइन् ।उनको प्रस्तुतिले कुनै कोचलाई पनि तान्न सकेन । कोचका कुर्सी घुमाउन असफल ऐश्वर्यले आफूले नोट र टाइमिङमा गाउन नसकेको भन्दै सहजै कमजोरी स्वीकारिन् उनी यो अडिसनबाट फालिए पनि निर्धक्कका साथ अरुलाई सम्झाउँदा कोच नै चकित परेका थिए ।अन्य प्रतियोगीलाई सम्झाएर पठाउनु पर्नेमा ऐश्वर्यले आफ्नो कमजोरी स्वीकार गर्दै उल्टै कोचलाई सम्झाएर अडिसनबाट बाहिरिएको दृश्य रोचक थियो ।छेकिएको नदी हेर’ गाउने सदीक्षा पोखरेलको गायकीले दुई जना कोचलाई फर्काउन सफल भयो ।

कोच प्रमोद र कोच राजुको कुर्सी उनीतर्फ फर्किए ।प्रमोदलाई उनले कोच स्वीकारिन् ।यसबीच हाँस्य कलाकार राजा राजेन्द्र पोखरेलको प्रस्तुतिले केही मनोटोनस वातावरणलाई रमाइलो बनाएको थियो ।उनले के भुल भयो प्रिय’ गाएका थिए ।तर कुनै कोचको कुर्सी घुमेन । उनको मुहार अमिलो देखियो यसपछि प्रतियोगी कुमार गुरुङले ‘फूल बुट्टे साडीमा’गाए ।उनको स्वरबाट दुई जना कोच आस्था र राजु उनीतर्फ घुमे पनि प्रशंसा भने सबै कोचको पाए।उनले कोच राजुलाई छनोट गरे ।

अन्तिम प्रस्तुतिका रुपमा डम्बर हिङमाङले ‘यो जिन्दगीले के गर्यो के गर्यो’ गाए ।उनको गायिकीले कोच दीप श्रेष्ठ प्रफुल्ल भए ।उनी अघिल्लो पटक भ्वाइस अफ नेपालमा सहभागी भइसकेका रहेछन्।उनको गायकीबाट प्रशन्न आस्थाले स्टेजमै पुगेर अँगालो मारेकी थिइन्।तर दोस्रो अंकमाल पनि काम लागेन ।उनले कोच दीपलाई छाने।

प्रकाशित मिति September 7, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस