घुससहित पक्राउ परेका महोत्तरीका एक वडाध्यक्ष सहित ३ जनामाथि भ्रष्टाचार मुद्दा दायर

जनकपुरधाम , जनकपुरबाट एक लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका महोत्तरीको भंगहा नगरपालिका वाडा नं. ८ का वडाध्यक्ष मो.रफिक आलम सहित ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । वडाध्यक्ष आलम, वडा नं. ८ कै वाडा सदस्य कारी साह र उनका छोरा मुकेश साहमाथि विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार भ्रष्टाचार विषेश अदालतमा मुद्दा दायर गरेको हो ।आयोगका अनुसार दुवैजनाले धर्मपुर सडक नाला तथा पीसीसी ढलानको काम सकिएको सिफारिस गरिदिए वापत एक उपभोक्ता समितिबाट घुस लिएका थिए ।

तीनैजना विरुद्ध १ लाख ६० हजार विगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र सजाय माग दावी सहित मुद्दा दायर गरेको आयोगले जनाएको छ ।जुन घुसको रकम वडा सदस्यका छोरा मुकेश जनकपुरको पीडारीचोक स्थित राष्ट्रिय बाणिज्य बैंक निर उपभोक्ता समितिबाट लिएको बेला अख्तिायरको क्षेत्रीय कार्यालय बर्दिबासले रंगेहात पक्राउ गरेको थियो ।पूरा पढ्नुहोस

प्रकाशित मिति September 6, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस