पाँडे-जिग्रीको ठाउँमा नयाँ कलाकार राखेर आजबाट ‘भद्रगोल’ आउने

भाद्र २०, काठमाडौँ।केही समय अगाडि बन्द भएको चर्चित हाँस्य टेलीशृङ्खला भद्रगोल आजबाट फेरि प्रशारमा आउने भएको छ । शृङ्खला नयाँ कथावस्तु,नयाँशैली र नयाँ कलाकारसाथ प्रसारणमा आउन लागेको हो । यसअगाडि यो शृङ्खला निर्माण अभिनय गर्दै आएका कुमार कट्टेल जिग्री अर्जुन घिमिरे पाँडे लगायतको टीमले छोडेपछि यो श्रृखला नयाँ शैलीमा आउन लागेको हो। भद्रगोल’का पाँडे, जिग्री, सागर लम्साल बले हरिश निरौला ‘क्रक्रोज’ दिपक आचार्य काकु’ लगायतले केही दिन अघि सामाजिक सञ्जालमार्फत् एक लामो स्टाटस पोष्ट गर्दै आर्थिक समस्याको कारण भद्रगोल’बन्द भएको जानकारी गराएका थिए ।

करिब तीन बर्षदेखि नियमित प्रसारण हँदै आएको भद्रगोल कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडे ले नियमित निर्देशन गर्दै आएका थिए । यो शृङ्खलाको जिग्री, पाँडे, बले, क्रक्रोज पात्र दर्शक माझ निकै लोकप्रिय मानिन्छ । तर अब प्रसारण हुन लागेको ‘भद्रगोल’ नक्कली बाबुराम बनेर चर्चा कमाएका ज्योति काफ्ले र अशोक धितालको निर्देशनमा आउन लागेको हो ।असोक यस अगाडि पनि उक्त शृङ्खलामा बाहुन डनको चरित्र निर्बाह गर्दै आएका छन् । काफ्ले भने भद्रगोलमा मङ्गल थाडु बनेर देखिँदैछन्,भने अशोक धिलात बाहुन डन बनेर आउने भएका छन् ।

अब आउने शृङ्खलामा सुजित थापा, राधा श्रेष्ठ, राम बुढाथोकी, अनुमति नेपाली,राजु भुजेल,अर्जुन तिमिल्सिना आदि कलाकारको अभिनय रहनेछ । नेपाल टेलिभिजन बाट हरेक शुक्रबार साँझ ८ः३० बजे प्रसार हुँदै आएको यो शृङ्खला अहिले पनि सोही समयमा प्रसार हुने बताइएको छ मिडिया हबकै प्रस्तुतिमा नयाँ शैली सहित आउन लागेको श्रृखला ‘भद्रगोल’मा अब जनताको जनजीवनसँग सरोकार र समस्यामा केन्द्रिय विषयबस्तुमा समेत निर्माण हुने निर्देशक ज्योती काफ्लेले बताए ।

प्रकाशित मिति September 6, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस