सिंगापुरबाट फर्केपछि यसकारण प्रधानमन्त्री ओली अमेरिका नजाने। किन त पुरा पढनुहोस

काठमाडौं ।

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसँग गरेको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा)लाई सर्वोच्च अदाललते बुधबार वैध ठहर गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की सम्मिलित संवैधानिक इजलासले बिप्पालाई वैध ठहर गरेको हो ।

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा जाँदा २०६८ कात्तिक ४ गते उक्त देशसँग बिप्पा सम्झौता भएको थियो । यो समाचार आजको आर्थिक अभियानमा छ यो पनि, राष्ट्रसंघीय ७४ औं महासभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सट्टा नेपाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने बताइएको छ ।

तीन सातापछि न्युयोर्कमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री नजाने टुंगो भएको परराष्ट्र सचिव शंकर बैरागीले बताउनुभयो । प्रधानमन्त्री ओली हाल स्वाथ्योपचार क्रममा सिंगापुरको नेसनल युनिभसिंटी हस्पिटलमा हुनुहुन्छ ।

अझै एक सातासम्म उपचारका क्रममा देशबाहिर रहने र त्यसपछि तत्कालै शरीरिक सक्रियता देखाउन मुस्किल पर्ने भएकाले महासभामा उहाँ सहभागी नहुने निर्णय भएको हो ।

यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति August 29, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस