बयान नसकिएपछि अदालतले दियो एस्तो निर्णय पूरा हेर्नुहोस

८ भदौ, काठमाण्डौं । संचारकर्मी रवि लामिछानेको बयान आज हुन नसकेपछि भोली लिइने भएको छ ।
बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएका पत्रकार युवराज कँडेल, अस्मिता भनिने (रुकु) कार्की र संचारकर्मी लामिछानेलाई बयान लिने समय सकिएपछि लामिछाने र पत्रकार युवराज कँडेल आज पनि चितवन प्रहरीको हिरासतमै रहने बताइएको छ ।

उनीहरु तीनैजनाविरुद्ध चितवन प्रहरीले आज सरकारी वकिलको कार्यालयमार्फत् आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गरेको थियो । आजको बयानमा रुकुको बयान सकिए पनि लामिछाने र कँडेलको बयान लिन नभ्याइएकोले भोली लिइने बताइएको छ । स्मरण रहोस्, माउन्टेन टेलिभिजनमा कार्यरत नुवाकोटका पत्रकार साउन २१ गते चितवनको नारायणगढथित बसपार्कमा रहेको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

उनले आत्महत्या गर्नुपूर्व गरिएको भिडियो रेर्कडमा लामिछाने, कँडेल र कार्कीका कारण आत्महत्या गर्न बाध्य भएको बताएका थिए । सोहि आधारमा चितवन प्रहरीले अनुसन्धानका लागि भन्दै लामिछानेसहित तीनजनालाई साउन ३० गते हिरासतमा लिएको थियो ।

प्रकाशित मिति August 25, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस