अचानक फेरि यसकारण सिंगापुर जाँदैछन् प्रधानमन्त्री ओली

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर जाने चर्चा चलिरहेको छ । हालै सिंगापुरमा ९ दिन उपचार गराएर फर्किनुभएका प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि यसै साता फेरि सिंगापुर जान लाग्नु भएको हो । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जनमानसबाट चिन्ता प्रकट भइरहेका बेला उहाँ स्वदेश फर्केको एक सातापछि नै दोस्रोपटक ‘फलोअप’ का लागि सिंगापुर जान लागेको बताइएको छ ।

प्रधानमन्त्रीको सिंगापुर प्रस्थान भदौ ४ या ५ गते हुने उच्च सरकारी स्रोतले जनाएको छ । १२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओलीले अहिलेसम्म नियमित औषधि खाँदै आउँनु भएको छ । अघिल्लो साता सिंगापुरमा चलाइएको नयाँ औषधिको ‘इफेक्ट’बारे थप जाँचका लागि सिंगापुर जानै पर्ने भएको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ । प्रधानमन्त्री ओली गत साउन १८ गते स्वास्थ्य जाँचका लागि सिंगापुर गएका थिए ।

साउन १९ देखि एक सातासम्म उनी अस्पतालमै रहनु भएको थियो । तोकिएको समयभन्दा एक दिन ढीलो गरेर प्रधानमन्त्री साउन २७ गते काठमाडौं फर्किनुभयो । थप उपचारका लागि सिंगापुर जानुपूर्व आजै प्रधानमन्त्रीले संसदलाई सम्वोधन गर्नुभयो । तर, संसदलाई गरेको सम्वोधनमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य र सिंगापुर भ्रमणबारे जानकारी दिनुभएन् ।

प्रकाशित मिति August 18, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस