फेसबुकमा एक स्टाटस राख्दै करिश्मा मानन्धरले रविका समर्थकलाई भनिन् – ‘भेडाहरु

काठमाडौं, १ भदौ ।

पत्रकार शालिकराम पुडासैनीको मृ*त्यु प्रकरणलाई लिएर पछिल्लो समय देशमा घटिरहेको घटनाक्रमको बिषयमा सदाबहार नायिका करिश्मा मानन्धरले पहिलो पटक प्रतिक्रिया दिएकी छन् । शालिकरामलाई आ*त्मह*त्या गर्न बा*ध्य पारेको अभि*योगमा हाल हिरा*सतमा रहेका चर्चित पत्रकार रवि लामिछाने समर्थकहरुले वि*रोध पनी जनाउँदै आइरहेका छन् । यो बीचमा प्रहरी र समर्थककाबीच झ*डप हुने अवस्थासम्म आएको छ ।

यो आफैंमा चिन्ताजनक अवस्था देखिन सक्ने भएकाले सावधानि अपनाएर प्रहरीलाई आफ्नो काम गर्न दिनुपर्ने धेरैको बुझाई रहेको छ । यस विषयमा टिप्पणी गर्दै मानन्धरले पनि भिडले कसैलाई न्याय दिन नसक्ने भएको हुँदा यसमा दबाब दिन खोज्नु गलत्त भएको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले रवी समर्थकहरुलाई भेडाको संज्ञा दिएकी छिन् । कुनै पनि निर्णय भिडले नै गर्ने हो भने देशमा किन चाहियो राज्य संयन्त्र? यस्तो अराजकता फैलाउनेलाई नियन्त्रण गर्न नसक्ने कस्तो सरकार हो भन्दै उनले प्रश्न समेत गरेकी छन् ।

उनको स्टाटस जस्ताको त्यस्तै तल हेर्नुहोस्-

प्रकाशित मिति August 18, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस